नियम ३५
परियोजनाको कर्मचारी सम्बन्धी व्यवस्था
(१) परियोजना सम्पन्न गर्नका लागि आवश्यक पर्ने कर्मचारी अस्थायी रुपमा परियोजना समितिले नियुक्ति गर्न सक्नेछ ।(२) उपनियम (१) बमोजिम नियुिक्त भएका कर्मचारीको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य शर्त र सुविधा परियोजना समितिले स्वीकृत गरे बमोजिम हुनेछ ।